२५ जेठ २०८३, सोमबार

श्रीलंका आक्रमणमा मर्नेको संख्या घटाइयो, २५३ जनाको मात्रै मृत्यु भएको पुष्टि

बैशाख १३, २०७६
श्रीलंका आक्रमणमा मर्नेको संख्या घटाइयो, २५३ जनाको मात्रै मृत्यु भएको पुष्टि

काठमाडौं – आइतवार गरिएको शृंखलाबद्ध बम विस्फोटनमा मारिएका मानिसको संख्या १०० भन्दा बढीले घटाउँदै श्रीलंकाको स्वास्थ्य मन्त्रालयले लगभग २५३ जनाको मृत्यु भएको जनाएको छ । 

पीडितको पहिचान गर्न अप्ठ्यारो भएको र गणनामा त्रुटि भएको भनी दोष थोपरिएको छ । 

कोलम्बो, नेगोम्बो र बाट्टिकालोआमा आत्मघाती आक्रमणकारीहरूले होटल र चर्चहरूमा आक्रमण गर्दा सयौं मारिएका थिए । 

मारिनेमा सबभन्दा बढी श्रीलंकाली छन् तर दर्जनौं विदेशी पनि मारिएका छन् । 

नौजनामाथि आक्रमणको आरोप छ । प्रहरीले छापा मार्ने क्रम जारी राखेको छ र आक्रमणमा जोडिएको आरोप लागेका सातजनाको तस्वीर सार्वजनिक गरेको छ । 

अधिकारीहरूले स्थानीय इस्लामी अतिवादी समूह नेसनल तौहीद जमात घटनामा दोषी रहेको जनाएका छन् तर उनीहरूलाई विदेशीको सहायता उपलब्ध भएको पनि बताएका छन् । 

शवघरहरूले गलत आँकडा दिएको श्रीलंकाका रक्षा राज्यमन्त्री रुवान विजेवर्दनेले बताए । 

अर्का एक स्वास्थ्य सेवा प्रमुखले शरीरका टुक्रटुक्रा छरिएकाले गर्दा सही संख्या दिन नसकिएको रोयटर्स समाचार संस्थालाई बताए । 

स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीवार अबेरसम्म सबै अटोप्सी पूरा भइसकेका छन् र केही पीडितहरूलाई एकचोटि भन्दा बढीपटक गनिएको थाहा हुन आएको छ । 

सरकारले आफ्नो विश्वसनीयता पुनर्बहाली गर्नका लागि संघर्ष गरिरहँदा सुधार गरिएको संख्या सार्वजनिक भएको हो । आक्रमणअगाडि आएका जासूसी सूचनामा कुनै कारवाही नगरेको आरोप सरकारमाथि लागेको बीबीसी वर्ल्ड सर्भिसकी दक्षिण एसिया सम्पादक जिल मकगिभरिङले बताएकी छन् । 

संकटका विषयमा भइरहेका झूटा समाचारको प्रवाहलाई रोक्न पनि सरकारले संघर्ष गरिरहेको उनले बताइन् । अहिले मृतकको संख्या नाटकीय रूपमा घटाएपछि विश्वसनीयता पनि घट्ने सम्भावना देखिँदैछ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्