२५ जेठ २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा

बैशाख १३, २०७६
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रवारबाट चितवनको हाकिम चोकशाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरिन् ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति थियो । 

मुक्तिनाथ विकास बैंकले देशैभर ११४ वटा शाखा, २२ वटा एटीएम र ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बैंकिङ सेवा प्रदान गर्नुका साथै देशैभरका भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्