१७ असार २०८३, बुधबार

राजपा महाधिवेशनको नयाँ मिति तय, महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

बैशाख १३, २०७६
राजपा महाधिवेशनको नयाँ मिति तय, महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौं– राजपाको नयाँ महाधिवेशनको मिति तय भएको छ ।  राजपाको बैशाख ८ देखि सुरु भएर शुक्रबार सम्पन्न पदाधिकारी समितिको बैठकले महाधिवेशनको नयाँ मिति टुंगो लगाएको हो । 
जसअनुसार आगामी कात्तिक २८, २९ र ३० गते महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ । यसअघि बैशाख पहिलो साता महाधिवेशनको मिति तोकेपनि हुन सकेको थिएन ।
बैठकले महन्थ ठाकुरको संयोजकत्वमा सबै केन्द्रीय समितिका सदस्यहरु रहनेगरी महाधिवेशन मूल आयोजक समिति समेत गठन गरिएको छ । 
यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा सर्वेन्द्रलाल शुक्ल, मानध्वज ब्लोन तामाङ, मालामति राना थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमद सदस्य रहेको मस्यौदा समिति पनि बैठकले गठन गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्