०८ असार २०८३, सोमबार

गरुड पुराणः दिनभरमा यी चार चिज देख्नुभयो भने शुभ हुन्छ

बैशाख १३, २०७६
गरुड पुराणः दिनभरमा यी चार चिज देख्नुभयो भने शुभ हुन्छ

 गरुड पुराण सनातन हिन्दू धर्मको सवैभन्दा महत्वपुर्ण ग्रन्थमध्ये एक मानिन्छ । सामान्यतया यो ग्रन्थमा मृत्युसँग जोडिएका विषयबारे जानकारी दिइएको छ । 

यसमा मृत व्यक्तिको आत्म अनावश्यक रुपमा नभड्कियोस् भन्ने रहेको छ । 
यसका अलावा गरुड पुराणमा यस्तो कयौं कुरा मनुष्य जीवनको सुधारको काम पनि गर्छ । यसका साथै केही शुभ र अशुभका बारेमा पनि जानकारी दिइएको छ । 

गरुड पुराण अनुसार यस्ता ४ वस्तु र घटनाले जसको हामीले नियमित दर्शन वा भेट गर्छौ त्यसले शुभ फल दिन्छ 

गाई

हिन्दू धर्ममा गार्इलाई सवैभन्दा पवित्र मानिएको छ । समुद्र मन्थनबाट उत्पन्न भएको गाइलाई यदी तपाई विहान बेलुका या दिनमा एक पटक मात्र भएपनि दर्शन गर्नुहुन्छ भने तपार्यको गलत समय अन्त्य हुन्छ । 

गौत

गार्इसँग जोडिएका हरेक विषय हिन्दू धर्म दर्शनमा पवित्र मानिन्छ । यदी तपाई दिनमा एकपट गोमुत्रको दर्शन गर्नुहुन्छ र सकेसम्म सेवन गर्नुहुन्छ भने तपाईलाई शुभ हुन्छ । वैज्ञानिकले समेत गोमूत्रको निकै ठूलो महत्व रहेको बताएका छन् ।

खेत

यदी तपाईले खाद्यवाली पाकेको अवस्थामा देख्नुभयो भने पनि तपाईको जीवनमा लाभ हुन्छ । गरुड पुराणका अनुसार पाकेको फलले भरिएको खेत देख्दा मनुष्यलाई पुण्य मिल्छ । 

गोधुली

गाईले चरणका समयमा या अन्य समयमा आफ्नो खुर(खुट्टा)ले जमिनमा धसार्ने वा खोस्रने गर्छ यस्तो गर्दा धुलो उड्छ जसलाई गोधुली भनिन्छ । गार्इले खोस्रिएको जमिनको ठूलो महिमा छ । जसलाई देख्दा वा त्यसक्रममा उडेको धुलो देख्दा मात्र पनि मानिसलाई ठूलो पुण्य मिल्छ ।

salt training

कमेन्ट गर्नुहोस्