०६ असार २०८३, शनिबार

जीव-जनावर सम्बन्धी रमाइला तथ्य, कमिलाहरू कहिल्यै सुत्दैनन्

बैशाख १४, २०७६
जीव-जनावर सम्बन्धी रमाइला तथ्य, कमिलाहरू कहिल्यै सुत्दैनन्

गोरिल्लालाई मान्छेको जस्तै रुघाखोकी वा अन्य बिमारी लाग्न सक्छ ।

नवजात चिनियाँ जलमृग यति सानो हुन्छ कि यसलाई हत्केलामा लिन सकिन्छ ।

अस्ट्रिचहरू घोडाभन्दा छिटो दौडन सक्छन् र भाले अस्ट्रिचले सिंहले जस्तो गर्जन गर्न सक्छ ।

सिंहले वर्षमा २० भन्दा बढी शिकार प्रायः गर्दैन ।

पोथी सिंहले ९० नब्बे प्रतिशत शिकार गर्छ ।

गुलाबी जिभ्रो नभएको कुकुर चाउ हो ।

कछुवा, पानीसर्प, गोही, डल्फिन, ह्वेल तथा अन्य जलप्राणीलाई पानीमुनि लामो समय राख्दा डुबेर मर्छन् ।

संसारमा भएका सुंगुरको आधी जनसंख्या चीनका गोठालाले राखेका छन् ।

सामान्यतया कुकुरको दृष्टि मान्छेको भन्दा राम्रो हुन्छ तर रंग छुट्याउन सक्दैन ।

मृगको पित्ताशय हुँदैन ।

सर्प मांसाहारी हुन्छन् । यिनले कीरा, चरा, भ्यागुता र अन्य साना स्तनधारी जनावर खान्छन् ।

उड्न सक्ने एकमात्र स्तनधारी चमेरो हो ।

चमेरोको खुट्टाको हड्डी ज्यादै पातलो हुनाले ऊ हिँड्नै सक्दैन ।

रजोनिवृत्ति हुने स्तनधारी भनेका हथिनी, ह्वेल माछा र महिला हुन् ।

टारान्टुला माकुरा खानेकुरा नखाई दुई वर्षभन्दा बढी बाँच्न सक्छ ।

यो पृथिवीमा प्रत्येक मनुष्य बराबर दश लाख कमिला छन् ।

कंगारूको पुच्छर जमिनबाट उठायो भने उफ्रन सक्दैन किनकि उसले सन्तुलनका लागि पुच्छरको प्रयोग गर्छ ।

गाई उभीउभी सुत्न सक्छ तर पल्टेर मात्र सपना देख्न सक्छ ।

गाईको चारवटा पेट हुन्छ ।

बिच्छीलाई अलिकति मात्र भएपनि रक्सी खुवाइदियो भने पागल भएर आफैंलाई डसेर मार्न सक्छ ।

कमिलाहरू कहिल्यै सुत्दैनन् अनि उनीहरूको फोक्सो हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्