०८ असार २०८३, सोमबार

प्रचण्डले खोले आफ्नो सम्पत्ति सम्पत्ति कम हुनुको कारण

कात्तिक २०, २०७४
प्रचण्डले खोले आफ्नो सम्पत्ति सम्पत्ति कम हुनुको कारण

काठमाडौँ, २ पुस - प्रधानमन्त्री पुष्पकमल दाहालले नेताको हकमा व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने आफ्नो पार्टीको नीति भएकाले सम्पत्ति विवरण कम देखिएको स्पष्ट पारेका छन् ।prachanda_1

वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित उनको पार्टी नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्ति विवरणबारे आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो स्पष्टोक्ति दिएका हुन् ।

“व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने नीति भएकाले कम सम्पत्ति देखिएको हो, अहिले मैले जे उपभोग गरेको छु, त्यो सबै पार्टीको हो, मैले व्यक्तिगत सम्पत्ति कहिल्यै जोडिनँ” – नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई छलफल र सहमतिका आधारमा पारित गरिने बताए । प्रस्तावित प्रदेशमा केही सीमाङ्कन हेरफेर हुनसक्ने भन्दै उनले विरोध छाडेर छलफल र सहमतिमा अघि बढ्न सबैलाई अपिल गरे ।

प्रधानमन्त्री दाहालले सरकारले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको कामलाई प्रभावकारी तुल्याई केही ठूला योजना अघि बढाउने तयारीमा रहेको पनि जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्