०७ असार २०८३, आइतबार

कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

बैशाख १४, २०७६
कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

काठमाडौं–नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ । 

नेपाल प्रहरीकाे पटक पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्नेछन् । उनी हाल क्यानडा बस्दै आएका छन् । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–अमेरिकाको सपना देखाएर तीन युवतीलाई गौतमले २ वर्षअघि हाइटी पुर्याएका थिए । हाइटीबाट सामान्य पानी जहाजमा अमेरिका भनि पठाइएका युवतीमध्ये भक्तपुरकी सुमित्रा कुँवरको समुन्द्रमै मृत्यु भएपछि रहस्य बाहिर आएको थियो । बाँचेका दुई जना स्वदेश फर्किएपछि उनीहरुकै उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा गौतमको मुख्य संलग्नता रहेको खुलासा भएको थियो । 
 

कमेन्ट गर्नुहोस्