२५ जेठ २०८३, सोमबार

शताब्दीकै ठूलो हिरा भेटियो, मूल्य कति ?

बैशाख १४, २०७६
शताब्दीकै ठूलो हिरा भेटियो, मूल्य कति ?

एजेन्सी- अफ्रिकी देश बोत्सवानामा सय वर्षपछि संसारकै सबैभन्दा ठूलो हिरा भेटिएको छ । यस हिराको मूल्य निर्धारण नगरिएपनि सबैभन्दा महंगो हुने बताइएको छ । यसलाई शताब्दीकै ठूलो हिराको रूपमा लिइएको छ । 

यस हिराको मूल्य लगभग ९० मिलियन डलर हुन सक्ने बताइएको छ । यस हिरालाई क्यानडाको उत्खनन् कम्पनीले भेट्टाएको हो ।  १७५८ क्यारेटको हिराको वजन ३५२ ग्रामको छ । 

जापानको लुकारा डायमन्ड कम्पनीले टेनिस बलको साइजको यस हिरालाई उचित आकार दिएपछि लिलामीमा राख्ने बताएको छ । 

लुकाराका अनुसार सन् १९०५ मा भेटिएको ३१०६ क्यारेटको हिरापछि यो दोस्रो ठूलो हिरा हो । उत्खनन् कम्पनीले हिरा खोज्नकै लागि एक्सआरटी डायमन्ड रिकवरी टेक्नोलोजीको प्रयोग गरेको थियो । 

सन् २०१८ मा यस कम्पनीले ३ सय क्यारेटदेखि ४७२ क्यारेटसम्मको १२ वटा हिरा भेट्टाएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्