
एजेन्सी- आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । नारायणलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्धामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ ।
नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा सन् २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कारको शिकार भएकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए ।
नारायणलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।