०७ असार २०८३, आइतबार

सुन तस्करहरूको अस्वाभाविक सम्पत्ति, सामान्य किसान डेढ वर्षमै बने करोडपति

कात्तिक २०, २०७४
सुन तस्करहरूको अस्वाभाविक सम्पत्ति, सामान्य किसान डेढ वर्षमै बने करोडपति
काठमाडौँ, ६ चैत- अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भनिएकाहरूले छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बनाएका छन् ।
२१ पुसमा त्रिभुवन विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो । तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । १९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन् ।gold3

कान्तिपुर दैनिक लेख्छ - गोप्य कागजातका अनुसार सुन तस्करीमा संलग्न रहेकाको आर्थिक हैसियत अस्वाभाविक देखिएको हो । पर्वतको विकट ठाउँ भोर्ले– १ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वाभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइलो छोरा गुप्तालाल करिब १५ वर्षअघि काठमाडौं छिरेका थिए । नातेदारहरूका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे । तर पछिल्ला केही वर्षमै उनको उकासिँदो आर्थिक हैसियत देखेर छिमेकी र नातेदार चकित छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसालसमेत एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए । दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वाभाविक देखिँदैन । अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जो कोही चकित पर्ने बताए । उनको व्यक्तिगत खाताका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ ।

कमेन्ट गर्नुहोस्