
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको खेलहरू भइरहेका छन् ।
हालसम्मको नतिजा हेर्ने हो भने महेन्द्रसिंह धोनीको कप्तानी रहेको टीम चेन्नई सुपर किंग्स शीर्षस्थानमा छ ।
प्लेअफका लागि टीमहरू संघर्षरत छन् । आईपीएललाई रोमाञ्चक बनाउने सुन्दर छक्का र चौकाहरूले पनि हो ।
छक्काको कुरा गर्दा वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिश गेललाई भुल्नु हुँदैन ।
उनले आईपीएल इतिहासमै सर्वाधिक छक्का प्रहार गरेका छन् । उनले १२२ म्याचमा ३२४ वटा छक्का प्रहार गरेका छन् । गेल अहिले किंग्स इलावेन पञ्जाबमा छन् ।
त्यस्तै दोस्रो स्थानमा एबी डिवियर्स रहेका छन् । उनले आईपीएलमा २११ छक्का प्रहार गर्दा तेस्रो स्थानमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले २०३ वटा छक्का हिर्काएका छन् ।
चौधो स्थानमा रोहित शर्माले १९३, पाँचौ स्थानमा रहेका सुरेश रैनाले १९१ र विराट कोहलीले १८६ छक्का प्रहार गरेका छन् ।