काठमाडौं – महिनौंको प्रतीक्षापछि एभेन्जर्स एन्डगेम शुक्रवारदेखि संसारभरिका सिनेमाघरमा प्रदर्शन गरिएको छ । यो फिल्मले मार्भल कमिक्सका प्रशंसकलाई निकै खुशी बनाएको छ ।
हङकङको एक सिनेमाहलमा फिल्म हेर्न पुगेका प्रशंसकहरूलाई एक व्यक्तिले कथाको चुरो बताइदिएपछि रिसाएका उनीहरूले ती व्यक्तिलाई बेस्सरी ठटाएका छन् ।
द डेली मेलमा प्रकाशित समाचारअनुसार, ती व्यक्तिले फिल्मको प्लट सुनाइदिएर फिल्म हेर्नै नमज्जा लाग्ने बनाएपछि प्रशंसकहरूले लोथ पिटेका हुन् ।
फिल्म सार्वजनिक हुनुअघि फिल्मका निर्देशकद्वय रुस्सो दाजुभाइले खुलापत्र लेख्दै फिल्मको कथा अरूलाई नसुनाउन अनुरोध गरेका थिए ।
एजेन्सी