
काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका उजुरीको पोको खोल्न सुरु गरेको छ ।
आजको राजधानी दैनिक लेख्छ– समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खेल्न सुरु गरेको हो ।
समितिका संयोजक भीष्मराम आङ्दम्बेले समितिमा नयाँ ३ सय र पुराना ९ सय गरी १२ सय हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको जानकारी दिए ।