०४ असार २०८३, बिहीबार

दक्षिणका ११ वटा सीमानाका शील

बैशाख १६, २०७६
दक्षिणका ११ वटा सीमानाका शील
प्रतिकात्मक तस्वीर

गौशाला – भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शील गरिएका छन् ।

भारतको बिहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्लामा सोमवार भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आइतवार साँझ ५ बजेदेखि सोमवार साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका शील गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अहिले सीमानाकामा नेपाल भारत दुवैतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।

यस्तै, महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डमा आइतवार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा १ साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

आइतवार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना५ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ स्थित सडकमा विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री मुखियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् शव प्रहरीले परीक्षणका लागि आइतवार राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्