१६ असार २०८३, मंगलबार

२१ वर्षीया सुनिता थारूको हत्या, पतिसहित ३ जना पक्राउ

बैशाख १६, २०७६
२१ वर्षीया सुनिता थारूको हत्या, पतिसहित ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

तौलिहवा – कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । 

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगंगा खोला किनारमा सोमवार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित ३ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । पक्राउ परेका ३ जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्