×

NMB BANK
NIC ASIA

बनारसमा मोदीविरुद्ध किन उठिनन् प्रियंका गान्धी ?

बैशाख १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई वाराणसीपुत्र भन्छन् । उता कांग्रेस महासचिव प्रियंका गान्धी फूलपुर जाँदा उनको स्वागत गंगाकी छोरी भनेर गरिन्छ । 

Muktinath Bank

दुवैले एकअर्कामाथि चुनावी सभाहरूमा शाब्दिक आक्रमण गर्ने गरेका छन् । त्यसैले उनीहरू चुनावी प्रतिस्पर्धी बन्छन् कि भनी आँकलन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बिहीवार कांग्रेसले बनारसका लागि आफ्नो उम्मेदवार घोषणा गरेर सबै अनुमानमा पूर्णविराम लगायो । पार्टीले मोदीविरुद्ध प्रियंकालाई नभई स्थानीय नेता तथा पूर्वविधायक अजय रायलाई उम्मेदवार बनायो । 


Advertisment
Nabil box
Kumari

पार्टीका कार्यकर्ताहरू प्रियंकाले मोदीलाई बनारसमा कडा चुनौती दिए हुन्थ्यो भन्ने आश गरेर बसेका थिए । प्रियंका आफैंले पनि यसको सम्भावनालाई नकारेकी थिइनन् । बनारसमा उनको भव्य स्वागत पनि भएको हो । तैपनि कांग्रेसले उनलाई त्यहाँ उम्मेदवार बनाएन । आखिर किन ? 

Vianet communication
Laxmi Bank

जवाफमा वरिष्ठ पत्रकार नवीन जोशी भन्छन्, ‘प्रियंकालाई उम्मेदवार बनाउने प्रश्न सनसनी फैलाउनका लागि मात्र थियो, यो कुनै गम्भीर सवाल नै थिएन । यो कुरा पहिले नै बुझ्नुपर्थ्यो ।’

‘प्रियंका गान्धीले चुनावी राजनीतिको आरम्भ मोदीवरुद्ध लडेर गर्न चाहने कुरै थिएन किनकि उनले जित्ने सम्भावना अत्यन्तै क्षीण थियो । बरू प्रियंका रायबरेली वा अन्य सीटबाट उठ्न सक्छिन् । बनारसबाट भन्दा पनि रायबरेलीबाट उनी संसद् जाने बाटो सहज हुन्छ ।’

बनारस पूर्वी उत्तर प्रदेशमा पर्छ र उक्त क्षेत्रमा २९ वटा सीट छन् र तीमध्ये २७ मा भाजपा विजयी भएको थियो । 

आमचुनावभन्दा ठीक अघि प्रियंका गान्धी सक्रिय राजनीतिमा आइन् । उनलाई पार्टीमा महासचिवको पद दिइयो र पूर्वी उत्तर प्रदेशको जिम्मेवारी सुम्पिइयो । 

सक्रिय राजनीतिमा आएपछि आफ्नो पहिलो भाषण उनले मोदीको गढ गुजरातमा दिएकी थिइन् । भाषणमा उनले मोदीलाई नै निशाना बनाएकी थिइन् । 

नरेन्द्र मोदीको विरोधबाट राजनीति शुरू गरेकी प्रियंकालाई पार्टीले किन मोदीविरुद्ध चुनाव लड्न नदिएको होला भन्ने विषयमा वरिष्ठ पत्रकार जतिन गान्धी भन्छन्, ‘भाषण गर्नु वा बयान दिनु र चुनाव लड्नु फरक कुरा हुन् । चुनाव लड्नका लागि धरातलीय स्तरमा कार्यकर्ताको ठूलो जमात हुनुपर्छ । बनारसमा कांग्रेससँग कार्यकर्ताको फौन छैन ।’

प्रियंकालाई बनारसमा लड्न नदिइनुमा समाजवादी पार्टी र बहुजन समाज पार्टीबीचको गठबन्धन पनि एक कारण रहेको जतिन गान्धीको मान्यता छ । उनी भन्छन्, ‘सपाले शालिनी यादवलाई त्यहाँ उठाउने निर्णय लिएर त्यसको संकेत दिइसकेको थियो । पहिला त महागठबन्धनले त्यहाँ उम्मेदवार नै नउठाउने भनिरहेको थियो तर पछि उक्त गठबन्धन कांग्रेसका लागि मैदान नछोड्ने स्पष्ट भएपछि प्रियंकाले चुनाव लड्नुको औचित्य रहेन । उनी उठेकी भए दोस्रो हुन समेत गाह्रो पर्ने थियो । त्यहाँको समीकरणमा अहिले कांग्रेसभन्दा महागठबन्धन अगाडि छ ।’

सन् २०१४ को लोकसभा चुनावमा कांग्रेस, सपा र बसपाबाहेक आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल पनि मोदीविरुद्ध उठेका थिए । 

त्यतिखेर मोदीले लगभग ५ लाख ८० हजार भोट पाएका थिए भने केजरीवालले दोस्रो स्थानमा रहँदै २ लाख र कांग्रेसका अजय रायले जम्मा ७५ हजार भोट पाएका थिए । 

प्रियंका गान्धी उम्मेदवार बन्दा यो गणित परिवर्तन हुन्थ्यो त भन्ने प्रश्नमा वरिष्ठ पत्रकार नवीन जोशी भन्छन्, ‘प्रियंकालाई बनारसमा उठाइएको भए कांग्रेसलाई निश्चितै फाइदा हुन्थ्यो तर जीत नै चाहिँ हुँदैनथियो । बनारसवरिपरिका क्षेत्र, जौनपुर, मऊ र आजमगढ सीटमा असर देखिन्थ्यो होला तर साना फाइदाका लागि पार्टीले प्रियंका गान्धीका रूपमा ठूलै मूल्य चुकाउनुपर्ने हुन्थ्यो ।’

भविष्यको नेताको राजनीतिक शुरूआत हारबाट होस् भन्ने चाहना कुनै पनि पार्टीको नहुने वरिष्ठ पत्रकार जतिन गान्धीको पनि मान्यता छ । प्रियंकाले पार्टीलाई बलियो बनाउन नसके पनि कार्यकर्तामा जोश भर्न सफल हुने र यसले आगामी चुनावमा कांग्रेसलाई फाइदा पुग्ने जतिन बताउँछन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x