१० असार २०८३, बुधबार

श्रीलंकामा पुनः आक्रमणको चेतावनी जारी

बैशाख १६, २०७६
श्रीलंकामा पुनः आक्रमणको चेतावनी जारी

काठमाडौं – श्रीलंकाका सुरक्षा अधिकारीहरूले चेतावनी जारी गर्दै ईस्टर सन्डेका दिन भएका शृंखलाबद्ध बम विस्फोटपछि इस्लामिक स्टेट (आईएस) ले थप आक्रमण गर्न सक्ने जनाएका छन् । 

आतंकवादीहरू सैन्य पोशाक लगाएर भ्यान चढी विस्फोट गराउनका लागि आउन सक्ने उनीहरूको भनाइ छ । 

मिनिस्टेरियल सेक्युरिटी डिभिजनका प्रमुखले भने, ‘यहाँ थप आक्रमण हुने सम्भावना छ ।’ डिभिजनले प्रहरी, संसद् र अन्य सुरक्षा निकायलाई लेखेको पत्रमा यसको जानकारी दिएको हो । 

आतंकवादीहरूले अघिल्लो आइतवार पाँच अन्य स्थानमा समेत आक्रमण गर्न चाहेको पत्रमा लेखिएको छ । हिजो आइतवार कुनै घटना नभए पनि सुरक्षाकर्मीहरू सतर्क अवस्थामा रहनुपर्ने डिभिजनको पत्रमा उल्लिखित छ । 

श्रीलंका आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ भने सरकारले नेसनल तौहीद जमात र जमियातुल मिल्लाथु इब्राहिम नामक संगठनका सदस्यलाई यस आक्रमणको आरोपित मानिरहेको छ । 

श्रीलंका सरकारले विस्फोटपछि आइतवार राति पहिलोपटक कर्फ्यु हटाएको छ । तर राजधानीमा प्रहरीले अनेक ठाउँमा गश्ती गरिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्