
काठमाडौं – हलिउड फिल्म 'एभेन्जर्स : एन्डगेम'ले शुक्रवार रिलिज भएदेखि नै निरन्तर कीर्तिमान बनाइरहेको छ ।
पहिलो दिन नै कमाइको कीर्तिमान तोड्दै ६० करोड भारु कुम्ल्याएको फिल्मले आइतवारसम्ममा तीन दिनभित्र सर्वाधिक कमाइ गर्ने हलिउड फिल्म बनेर इतिहास बनाएको छ ।
बक्सअफिसइन्डिया डट्कमका अनुसार, सप्ताहान्तमा फिल्मले लगभग १०४ करोड भारुको बक्स अफिस कलेक्सन गरेको छ । शनिवार फिल्मले ५१ करोड २५ लाख भारु कमायो भने आइतवार ५३ करोड भारु कमायो ।
रिलिज भएदेखि यसले १५७ करोड भारुभन्दा बढी कमाइसकेको छ ।
सोमवारपछि पनि फिल्मले यही औसतमा कमाइ गरिरहेमा अन्य कीर्तिमान पनि तोड्ने ट्रेड एनालिस्टहरूले बताएका छन् ।
विश्वव्यापी रूपमा फिल्मले १.२ अर्ब डलर कमाइसकेको छ ।
एजेन्सी