०३ साउन २०८३, आइतबार

पहिलो बैठकमा नेताहरूले सम्बोधन गर्ने, के छ संसद्‌को कार्यसूची ?

बैशाख १६, २०७६
पहिलो बैठकमा नेताहरूले सम्बोधन गर्ने, के छ संसद्‌को कार्यसूची ?

काठमाडौं– संसदको हिउँदे अधिवेशन सोमवार शुरू हुँदैछ ।

अपरान्ह ४ बजे बस्ने संसदको अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुखले पढेर बैठक शुरू गर्ने संसद्‌को कार्यसूची छ । 

अधिवेशन प्रारम्भको अवसरमा सोमवार दलीय आधारमा सांसदहरूले बोल्ने कार्यक्रम तय भएको नेकपा सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेसका तर्फबाट विजयकुमार गच्छदारले सम्बोधन गर्ने तयारी छ । 

प्रतिनिधि सभाको आजैको बैठकमा पूर्वसांसद् दिवाकर गोल्छा, रुद्रमणि भण्डारी र रामकृष्ण ताम्राकारको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । 
 

salt training

कमेन्ट गर्नुहोस्