काठमाडौं – संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले शुरूमै बोल्ने मौका पाएका छन् ।
अधिवेशन शुरू भएको घोषणालगत्तै सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई बोल्न समय दिएका छन् ।
देउवाले संसदको रोस्टमबाट सम्बोधन गरिरहेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपस्थित छन् ।