
काठमाडौं- नेपाल बैंक लिमिटेडले दुई अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
बैंकले सोमवार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।
बैंकको चुक्ता पूँजी आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप संकलन ८८ तथा अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ ।
विवरण अनुसार बैंकले चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सीमित भएको छ ।