२३ असार २०८३, मंगलबार

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर अन्तर्गत पहिलो विजेताको घोषणा

बैशाख १६, २०७६
नयाँ वर्षमा महिन्द्राको बन्डल अफर अन्तर्गत पहिलो विजेताको घोषणा

काठमाडौं- अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा 'खुशी आउँछ बन्डलमा' योजना अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरिएको छ ।

पोखराको न्यूरोडका रबिन कुमार विकले पहिलो बम्बर जित्न सफल भएका छन् । कुपन नं १२२७ का विकले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरू प्राप्त गरेका छन् । यस योजनामा पहिलो विजेता बन्न सफल रबिन कुमार विकलाई उपहार प्रदान गरिएको छ ।

हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहार प्रदान गरिन्छ ।

योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरीद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरू प्रदान गरिने कम्पनीले बताएको छ । 

साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरीदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्निमोटोइन्क प्रालि, बालाजु अटो वर्क्स प्रालि रहेका छन् । यी कम्पनीहरूले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर, थ्री ह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरू बिक्री वितरण गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्