०१ असार २०८३, सोमबार

श्रीमानले आगो लगाएपछि निर्मलाको मृत्यु भएको प्रहरीको दाबी

बैशाख १६, २०७६
श्रीमानले आगो लगाएपछि निर्मलाको मृत्यु भएको प्रहरीको दाबी

जनकपुरधाम- आफ्नै श्रीमानले मट्टीतेल छर्केर आगो लगाएका धनुषाको निर्मला गोईतको उपचारका क्रममा सोमवार मृत्यु भएको छ । गत वैशाख ५ गते उनलाई उनकै श्रीमानले मट्टीतेल छर्केर आगो लगाएको प्रहरीले पुष्टि गरेको छ ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ चिरैया टोलकी निर्मलालाई उनकै श्रीमान मुकेश गोईतले आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले लोकान्तरसँग भने, ‘निर्मलाको उपचारको क्रममा काठमाडौंमै मृत्यु भएको खबर हामीले पनि पाएका छौं ।’

'निर्मलालाई उनका श्रीमान मुकेशले नै मट्टीतेल छर्केर आगो लगाएको थियो,' उनलाई उपचारका लागि काठमाडौं पठाइएको भए पनि जोगाउन सकिएन भन्दै एसपी खनालले भने, ‘निर्मला जिउँदै रहेको अवस्थामा उनका श्रीमान विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो ।’ अब निर्मलाको मृत्यु नै भई सकेकाले आरोपितविरुद्ध कतर्व्य ज्यान मुद्दा समेत चलाउने उनले बताए ।

आरोपित मुकेश घटना भएकै दिनदेखि फरार रहेका छन् । उनलाई खोजी गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको एसपी खनालले बताए । निर्मला विगत ११ दिनदेखि जीवन मरणबीच संघर्ष गरिरहेकी थिइन् । तर, सोमवार उनले मृत्युलाई भने जित्न सकिनन् ।

salt training

कमेन्ट गर्नुहोस्