०४ असार २०८३, बिहीबार

२ बालिकालाई राती होटलमा लगेर ‘वलात्कार’ गर्ने २ जना प्रहरीको फन्दामा

बैशाख १६, २०७६
२ बालिकालाई राती होटलमा लगेर ‘वलात्कार’ गर्ने २ जना प्रहरीको फन्दामा

भक्तपुर–बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहीले पक्राउ गरेको  छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका १० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका ७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् । 

भक्तपुर नगरपालिका १ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका ९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्