०५ असार २०८३, शुक्रबार

इनारमा खसेको पाँच दिनपछि जीवितै उद्धार, सप्तरीमा एक बालककाे अपहरण

बैशाख १६, २०७६
इनारमा खसेको पाँच दिनपछि जीवितै उद्धार, सप्तरीमा एक बालककाे अपहरण

काठमाडौं–हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो । 

गत वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई आज ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।  
यसैबीच मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् ।

स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताए । 
आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी बताए । 

salt training

कमेन्ट गर्नुहोस्