
काठमाडौँ– सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबारे जानकारी दिएका छन् ।