
नयाँदिल्ली– भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ ।
निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन् ।
बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ ।
चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीहरुको बाक्लो उपस्थिति रहै मतदान केन्द्रमा ।
भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।
।
भारतमा सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।