१० असार २०८३, बुधबार

कलंकी र गौशालामा टिकट काउन्टर निषेध गरियो

बैशाख १७, २०७६
कलंकी र गौशालामा टिकट काउन्टर निषेध गरियो
फाइल तस्बिर

काठमाडौं–सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कलंकी चोक र त्यसको आसपास तथा गौशाला चोक र त्यसको आसपास मध्यम तथा लामो दूरीका यात्रुबाहक सवारी साधनको टिकट काउन्टर खडा गर्न निषेध गरेको छ । 
ती स्थानबाट यात्रु चढाउने तथा ओराल्ने काम समेत हुँदै आएकोमा वैशाख २२ गतेदेखि सो कार्य पूर्ण रुपमा निषेध गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्