११ असार २०८३, बिहीबार

५ वर्षपछि देखापरे आईएस प्रमुख बग्दादी

बैशाख १७, २०७६
५ वर्षपछि देखापरे आईएस प्रमुख बग्दादी

काठमाडौं – खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल–बग्दादी मरिसकेको भनी हल्ला चले पनि उनको भिडियो सोमवार सार्वजनिक गरिएको छ । 

आईएसले जारी गरेको उक्त प्रचारात्मक भिडियोमा बग्दादी ५ वर्षपछि देखिएका हुन् । भिडियो कहिले खिचिएको भन्ने स्पष्ट छैन । 

तर सिरियामा आईएसको अन्तिम गढ बागूजका लागि भएको लडाईंलाई बग्दादीले भूतकालमा वर्णन गरेकाले भिडियो धेरै पुरानो नभएको देखिन्छ । 

आईएससँगको लडाईं महिनौंसम्म चलेपछि सन् २०१९ को फेब्रुअरी महिनामा टुंगिएको बताइएको छ । अमेरिकाको नेतृत्वमा रहेको नाटो सेना र सिरिया डेमोक्रेटिक फोर्सले कारवाही चलाएर ठूलो संख्यामा आतंकवादीहरूलाई आत्मसमर्पण गराएका थिए । 

सोमवार जारी भिडियोमा बग्दादीले भनेका छन्, ‘बागूजका लागि लडाईं सकिएको छ ।’ 

उसको भाषणलाई तीनजनाले सुनेको देखिन्छ र उनीहरूको अनुहार ब्लर गरिएको छ । 

केही वर्ष अघिसम्म सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाएको थियो तर अहिले ऊ कमजोर अवस्थामा छ । 

श्रीलंकामा आईएसले ठूलो आक्रमण गरेको ८ दिनपछि बग्दादीको भिडियो सार्वजनिक भएको हो । आईएस ध्वस्त भइसकेको भनी दाबी गरिएको तर त्यसमा आबद्ध आतंकवादीहरूले आआफ्नो देशमा फर्किएर आक्रमण गर्न सक्ने देखाइएको थियो । 

श्रीलंकामा भएको शृंखलाबद्ध आक्रमणमा आईएसले स्थानीय नागरिक परिचालित गरेको देखिएकाले यो आतंकवादी संगठन नयाँ षड्यन्त्र रच्न खोजिरहेको संकेत पनि पाइएको छ । 

यसअघि सन् २०१४ को जुन महिनामा बग्दादीको भिडियो सार्वजनिक भएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्