३२ असार २०८३, बिहीबार

भीषण असिनापानीका कारण कृषक मर्कामा

बैशाख १७, २०७६
भीषण असिनापानीका कारण कृषक मर्कामा

पोखरा- पोखरामा सोमवार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पुर्‍याएपछि कृषक मर्कामा परेका छन् ।

व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पुर्‍याएको छ ।

असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पुर्‍याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिए । 

लगातार भीषण असिना तथा हावाहुरीसहितको पानीले लामगादी मौरीपालन केन्द्रका १५ वटा मौरीको घार पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए । वरपरका बोट बिरुवामा फुलेका फूलसमेत असिनाले झारे पछि मौरी चरनका लागिसमेत समस्या परेको उनले बताए ।

असिनाका कारण कृषकले लगाएका काँक्रो, घिरिम्लो, लौका, गोलभेडा, सिमीलगायतका तरकारीमा क्षति पुगेको छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रमा रहेको लिचीको बगैँचा असिनाले पूर्ण क्षति बनाएको केन्द्रका प्रमुख युवराज भुसालले जानकारी दिए । केन्द्रभित्र बीउबिजन प्रयोजनका लागि लगाइएका लहरे बालीमा समेत क्षति पुगेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्