०७ साउन २०८३, बिहीबार

माधव नेपालको प्रष्टिकरण– प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, विष्णु पौडेलको कुनै भूमिका छैन

बैशाख १७, २०७६
माधव नेपालको प्रष्टिकरण– प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, विष्णु पौडेलको कुनै भूमिका छैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारको प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय आफ्नो भएको र यसमा विष्णु पौडेलको भूमिका नभएको प्रष्ट गरेका छन । 

प्रधानमन्त्री निवास विस्तारका क्रममा कुनै अनियमितता भएको भए छानविन गरेर दोषीमाथि कारबाही गर्न नेता नेपालले आग्रह गरेका छन । नेता नेपाल प्रधानमन्त्री रहेको समयमा उनका प्रेस सल्लाहकार रहेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले समाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै सोमवार अमेरिका प्रस्थान गर्नुअघि माधव नेपालले तीनवटा कुरा स्पष्ट पारेका उल्लेख गरेका छन् । 

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पारित गर्ने निर्णयमा माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्को समेत संलग्नता रहेका समाचार प्रकाशमा आएका थिए । 

‘बालुवाटारमा विष्णु पौडेलले जग्गा किनेको कुरा मलाई भन्नुभएको थिएन र मलाई त्यसबारेमा थाहा थिएन । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो र विष्णु पौडेलको कुनै भूमिका छैन, यसबारे उहासँग कुनै कुरा भएको थिएन’ नेता नेपालको भनाइ उद्दृद्ध गर्दै रिजालले फेसबुकमा लेखेका छन, ‘प्रम निवास विस्तारका क्रममा कुनै अनियमितता भएको छ भने छानविन होस् र दोषीमाथि कारबाही होस् ।’

सोमवार बसेको नेकपा सचिवालयको बैठकमा समेत बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको विषयमा छलफल भएको थियो । 

नेकपा महासचिव पौडेलले गएको चैत्र २७ र वैशाख ६ गते विज्ञप्ति प्रकाशित गरी बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्ने बताएका थिए । 

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने निर्णयमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइ देखि माधवकुमार नेपाल, बाबुराम भट्टराई र शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को समेत संलग्नता रहेको भन्दै समाचार बाहिर आएका छन । 

यस्तो छ फेसबुकमा लेखिएको स्टाटस

salt training

कमेन्ट गर्नुहोस्