०९ साउन २०८३, शनिबार

बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने

बैशाख १७, २०७६
बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने

काभ्रे- बनेपा ब्वाइज् क्लब (बीबीसी)को आयोजनामा यही वैशाख २० गतेदेखि बनेपामा ‘बीबीसी कप नाइन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । 

बनेपामा मंगलवार पत्रकार सम्मेलन गरी नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार आउँदो जेठ २ गतेसम्म बनेपास्थित बहुप्राविधिक शिक्षालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा काभ्रेपलाञ्चोको १८ तथा भक्तपुर, ललितपुर र काठमाडौंका १७ वटा टीमले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेता टीमलाई दुई लाख र उपविजेता टीमलाई एक लाख रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हरेक खेलका म्यान अफ दी म्याच, उत्कृष्ट हुने गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतिरक्षकलाई समेत पुरस्कृत गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्