०९ साउन २०८३, शनिबार

हिमालयमा यतिको पाइला ? भारतीय सेनाले जारी गर्‍यो तस्वीर

बैशाख १७, २०७६
हिमालयमा यतिको पाइला ? भारतीय सेनाले जारी गर्‍यो तस्वीर

काठमाडौं – सन् १९५१ मा बेलायती एरिक शिप्टनले ठूलो पाइलाको तस्वीर खिचेका थिए । कुनै विशाल प्राणीको पाइला जस्तो देखिएको थियो त्यो । 

त्यसपछि सबैजनाले यतिको कुरा गर्न थाले । 

जंगली मान्छेका लागि प्रयोग गरिने शेर्पा भाषाको शब्द हो यति । यति संसारकै सबभन्दा रहस्यमयी प्राणी हो । 

सगरमाथाको पश्चिमतर्फ म्याङलुङ हिमनदीमा खिचिएको तस्वीर यतिको अनुसन्धानको आधारशिला नै बन्यो । 

अहिले भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट विभिन्न तस्वीर सार्वजनिक गरेर यतिको गाथालाई फेरि चर्चामा ल्याएको छ । 

‘पहिलोपटक भारतीय सेनाको पर्वतारोहण टोलीले मिथकीय प्राणी यतिका पाइला भेटेको छ । अप्रिल ९ मा मकालु आधार शिविरनजिक यतिको ३२ बाई १५ इन्चको पाइला देखिएको हो । यो हिममानव विगतमा मकालु–वरुण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको थियो,’ सेनाले फोटोसहित ट्वीट गरेको छ । 

मकालु–वरुण राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको केन्द्रमा छ र यो संसारको पाँचौं अग्लो मकालु हिमालनजिक छ । 

यतिलाई क्रिप्टोजूलोजीको उदाहरण मानिने बीबीसीको एक रिपोर्टमा उल्लेख गरिएको छ । त्यो भनेको प्रमाणको अभावका कारण यस्ता प्राणी अस्तित्वमा छन् भन्न नमिल्ने अवस्था छ । रिपोर्टका अनुसार, हिमालयमा अज्ञात प्राणीको

कुनै ठोस प्रमाण छैन र त्यो अस्तित्वमा छ भन्ने विषयमा शंका गर्ने प्रशस्त कारण छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्