
काठमाडौं – आफूलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपति घोषित गरेका खुवान गुआइडोले काराकास एयरबेसमा खिचिएको एउटा भिडियोमा सैन्य विद्रोहको आह्वान गरेका छन् ।
भिडियोमा उनी थुप्रै सैनिक र हिरासत लिइएका अभियन्ता लियोपोल्डो लोपेजका साथ देखिएका छन् ।
‘यसो गर्ने क्षण अहिले नै हो,’ गुआइडोले सशस्त्र सैनिक र हतियारले सुसज्जित गाडीनजिक उभिएर भने ।
यो तीन मिनेटको भिडियो मंगलवार गर्ने भनिएको सरकारविरोधी प्रदर्शनको पूर्वसन्ध्यामा खिचिएको हो । त्यसमा गुआइडोले सडकमा तैनाथ सैनिकहरूलाई भेनेजुएलाको संविधान संरक्षणका लागि काम गर्न भनेका छन् ।
गत जनवरी महिनामा गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गर्दै बहालवाला राष्ट्रपति निकोलस मडुरोलाई सत्ताच्युत गरिनुपर्ने बताएका थिए । उनलाई अमेरिका तथा युरोपेली मुलुकहरूले राष्ट्रपतिको मान्यता दिएका थिए ।
En el marco de nuestra constitución. Y por el cese definitivo de la usurpación. https://t.co/3RD2bnQhxt
— Juan Guaidó (@jguaido) April 30, 2019
आरटीबाट