०१ साउन २०८३, शुक्रबार

वैदेशिक रोजगार विभागभित्रै निशुल्क उजुरी लेख्न पाउने व्यवस्था

बैशाख १७, २०७६
वैदेशिक रोजगार विभागभित्रै निशुल्क उजुरी लेख्न पाउने व्यवस्था

काठमाडौँ - वैदेशिक रोजगार विभागले पीडितले दर्ता गर्नुपर्ने लिखित उजुरी कार्यालयभित्रैबाट निशुल्क तयार गरिदिने गरी नयाँ व्यवस्था गरेको छ ।

विभागका महानिर्देशक भिष्म भुसालले यसको मंगलवारबाट कार्यालयभित्रै उजुरी लेखिदिने व्यवस्था गरिएको जानकारी दिए ।

यसबाट उजुरीकर्ताको २ देखि ५ हजार जोगिने भुसालको दाबी छ । विभागभित्रै उजुरी लेखिने भएपछि उजुरीका प्रतिवादीसम्म सूचना चुहिने अवस्थाको अन्त्य भएको छ ।

उजुरी लेखिदिने र मिलापत्र गरिदिने नाउँमा विभाग वरिपरी धेरै शटरहरू खोलिएका थिए ।

कानूनी काम गरिदिने भन्दै खोलिएका त्यस्ता शटरहरूमा सेवाग्राहीले हजारौं तिर्दै आइरहेका छन् ।

महानिर्देशकका रूपमा वैदेशिक रोजगार विभागमा भुसाल आएपछि पत्रकार भेटघाटका क्रममा त्यस्ता शटरहरू हटाउने पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्