०७ असार २०८३, आइतबार

चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी बिरामी, आजै स्वदेश फर्किँदै

बैशाख १८, २०७६
चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी बिरामी, आजै स्वदेश फर्किँदै
फाइल तस्बिर

काठमाडौं– छिमेकी देश चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छिन् । अस्वस्थ्यताकै कारण भण्डारी चीन भ्रमण छोट्याएर आजै स्वदेश फर्कन लागेकी छिन् । 

भण्डारी मंगलबार चीनको राजधानी बेइजिङबाट ल्हासा पुगेकी थिइन् । तर त्यहाँ पुगेकी उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको बताइएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रपतिलाई हाई अल्टिच्युडको समस्या भएको बताए ।

सोही कारण उनी एक दिनअघि नै स्वदेश फर्किन लागेकी हुन् । उनी बिहान १०ः४० को विमानबाट नेपाल फिर्ता हुने भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्