३२ असार २०८३, बिहीबार

भेनेजुएलामा हिंसा चर्किएपछि गुआइडोले गरे सडक प्रदर्शनको आह्वान

बैशाख १८, २०७६
भेनेजुएलामा हिंसा चर्किएपछि गुआइडोले गरे सडक प्रदर्शनको आह्वान

काठमाडौं – भेनेजुएलामा मंगलवार हिंसात्मक झडप भएपछि विपक्षी नेता खुवान गुआइडोले आफ्ना समर्थकहरूलाई बुधवार सडक प्रदर्शन गर्नका लागि आह्वान गरेका छन् । 

राष्ट्रपति निकोलास मडुरो चाहिँ विरोध भइरहेपनि सत्तामा अडिग रहेका छन् । 

टेलिभिजन सम्बोधनमा उनले गुआइडोका समर्थकहरू सानो समूह भएको र उनीहरूको योजना असफल भएको बताए । 

उता अमेरिकी प्रशासनले अशान्तिबाट भाग्नका लागि मडुरो क्युबा जान तयार परेको बताएको थियो । 

‘उनीहरूले विमान ठिक्क पारेका थिए । उनी मंगलवार बिहान देशबाट बाहिर जान तयार थिए । तर रुसीहरूले उनीहरूलाई भेनेजुएलामै बस्न भने,’ अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले सीएनएनलाई बताए । तर उनले त्यसको प्रमाण भने दिएनन् । 

मडुरो सरकारका तीन वरिष्ठ अधिकारीले राष्ट्रपति बाहिर जानुपर्ने भने पनि पछि कुरा फिर्ता लिएको वरिष्ठ अमेरिकी अधिकारीहरूले दाबी गरे ।

आफ्ना सैन्य कमान्डरहरूसँग बसेर मडुरोले आफू अमेरिकी साम्राज्यवादले समर्थन गरेको कू प्रयासविरुद्ध विजयी हुने प्रतिज्ञा गरे । 

उनले मंगलवारको घटनामा दोषीलाई अवश्यै दण्ड दिइने बताए ।

उता गुआइडोले भेनेजुएलाका जनतालाई सडक प्रदर्शन गरेर मडुरोलाई हटाउने अन्तिम चरणको प्रयास गर्न आह्वान गरेका छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्