०१ असार २०८३, सोमबार

नरेन्द्र मोदीको प्रतिद्वन्द्वीको उम्मेदवारी किन गरियो रद्द ? तेजबहादुर अदालत जाने

बैशाख १८, २०७६
नरेन्द्र मोदीको प्रतिद्वन्द्वीको उम्मेदवारी किन गरियो रद्द ? तेजबहादुर अदालत जाने

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । 

    आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो । 

    शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।  

    भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ । 

    गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो । 

    उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल बीएसएफबाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । 


    उम्मेदवारी रद्द भएपछि बुधबार उनले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्