१२ असार २०८३, शुक्रबार

एक पैसामा सामान किन्न पाइन्छ ? वीरले किन्यो १७ उपकरण !

बैशाख १९, २०७६
एक पैसामा सामान किन्न पाइन्छ ? वीरले किन्यो १७ उपकरण !

काठमाडौं– एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालले अक्सिजन सिलिन्डर ट्रली, ह्वीलचियर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रली लगायत १७ थरीका स्वास्थ्य उपकरण १ पैसाको दरले खरिद गरिरहेको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले हजारौं पर्ने स्वास्थ्य उपकरण एक पैसामै खरिद गरिरहेको हो । 
स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुने अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उत्पन्न भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्