०२ साउन २०८३, शनिबार

मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता : ६ विधामा ४ सय २० खेलाडी, महिला ५० प्रतिशत

बैशाख १९, २०७६
मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता : ६ विधामा ४ सय २० खेलाडी, महिला ५० प्रतिशत

बुटवल- पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्य मन्त्री रनिङ  शिल्ड खेलकुद प्रतियोगिता यही वैशाख २३ गतेबाट हुने भएको छ ।

खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका  साथ रनिङ शिल्ड प्रतियोगीता आयोजना गर्न लागिएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिए । 

यही वैशाख २३ गतेबाट भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, शटपुट गरी विभिन्न ६ विधामा खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् । यसको तयारी तीव्र पारिएको छ । भलिबलमा कुल २ सय १६ जना, ब्याडमिन्टनमा कुल ४८ जना, दौडमा २४ जना, तेक्वान्दोमा कुल ९६ जना, बुद्धिचालमा कुल १२ जना, शटपुटमा कुल २४ जना गरी कुल ४ सय २० खेलाडीहरूको सहभागिता हुने सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले जानकारी दिए । 

भलिबल बुटवल मण्डपमा, ब्याडमिन्टन बुटवल ब्याडमिन्टन कबर्ड हलमा, दौड ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा, तेक्वान्दो रुपन्देही जिल्ला खेलकुद विकास कबर्ड हलमा, बुद्धिचाल कालिका मानवज्ञान माविको सभाहलमा र शटपुट ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा हुनेछन् । 

१८ देखि ४० वर्ष उमेर समूहका खेलाडीहरूको मात्रै सहभागिता हुने प्रतिष्पर्धामा आठौं राष्ट्रिय खेलकुदमा कुनै पनि पदक प्राप्त  गरेका खेलाडीहरूले सहभागी हुन नपाउने प्रवधान बनाइएको छ । 

कुल ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रतियोगितामा भलिबल प्रतियोगीतामा  प्रथम ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रचारप्रसार संयोजक कुमार आलेका अनुसार ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीयले क्रमश: १५ हजार, १० हजार, ५ हजार, दौडमा ५ हजार, ३ हजार २ हजार, चेशमा ५ हजार, ३ हजार, २ हजार र तेक्वान्दोमा ८ वडा समूह महिला र पुरुषको सहभागिता हुँदै छ ।  जसमा पनि प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खेलाडीहरूलाई प्रतिदिन १२ सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरिएको छ ।  मौसम प्रतिकूल भएको कारण अनुकूल समयमा मात्रै खेलकुदका कार्यक्रमहरू सञ्चालनन गर्ने गरी कार्यतालिका चयन गरिने रुपन्देही जिल्ला खेलकुद विकास संघका अध्यक्ष योग गुरुङले जानकारी दिए ।

जिल्ला स्तरमा खेलकुद प्रतियोगिता जारी रहेको छ भने जिल्लाबाट छानिएका खेलाडीहरूले प्रदेशमा प्रतिष्पर्धाा गर्नेछन् । रनिङ शिल्ड विजेता प्रथम टीमले १ लाख , द्वितीयले कुल ७० हजार, तृतीयले कुल ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्