१२ असार २०८३, शुक्रबार

‘अमानवीय व्यवहार’ का कारण यमनमा आठ आप्रवासीको मृत्यु

बैशाख १९, २०७६
‘अमानवीय व्यवहार’ का कारण यमनमा आठ आप्रवासीको मृत्यु

दुबइ–युद्वग्रस्त मुलुक यमनस्थीत अस्थाई शिविरमा रहेका कम्तीमा आठ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । 

न्युनतम सेवासमेत नपाएर अत्यन्त अमानवीय दैनिकी भोग्न बाध्य भएकाले उनीहरूको मृत्यु भएको आप्रवासी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार जनाएको छ । 

सो निकायले अरु हजारौँ पनि आधारभूत मानवीय सेवा समेत नपाएको अवस्थामा रहेकाले उनीहरूको जीवन पनि खतरामा रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । 

आप्रवासीसम्वन्धी अन्तर्राष्ट्रिय संगठनले दिएको विवरण अनुसार राम्रो खानेपानी पनि नपाएकाले उनीहरूलाई झाडापखालाजन्य रोगहरू लागेको छ । 

विरामी भएकाहरूलाई देशको दक्षिणी क्षेत्रमा रहेको खाल्डुम अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन् । 

मृत्यु भएकाहरूको विवरण बुधबारसम्मको हो भने मृत्यु भएकामध्ये अधिकांश इथियोपियाका रहेको जनाइएको छ । यमनको उत्तरी क्षेत्रमा सरकारी पक्ष र विद्रोहीका बीचमा द्वन्द्व रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्