३१ जेठ २०८३, आइतबार

हिमपहिरामा परेका खड्काको २४ घण्टापछि हेलिकप्टरमार्फत जीवितै उद्धार

बैशाख १९, २०७६
हिमपहिरामा परेका खड्काको २४ घण्टापछि हेलिकप्टरमार्फत जीवितै उद्धार

    रुकुमपूर्व–हिमपहिरामा परेका सुजन खड्काको २४ घण्टापछि जीवितै हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
 जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङका १७ वर्षीय खड्का लालपाटन हिमालको हिउँसाँघुमा हिम पहिरोमा परेका थिए । 
हिमपहिरोमा परी घाइते खड्कालाई उपचारका लागि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । 

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पा जान भनेर घरबाट निस्केका खड्का हिमपहिरोमा परेका थिए । 
 खड्कासँगै गएका रामचन्द्र रोकाय सामान्य घाइते भएका छन् ।  खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्