
काठमाडौं – पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीले आफ्नो उमेरको रहस्य अहिले आएर उद्घाटन गरेका छन् ।
उनले आफ्नो जन्म सन् १९७५ मा भएको तर आधिकारिक आँकडा अनुसार उनी सन् १९८० मा जन्मिएको लेखिएको छ ।
अफ्रिदीले आत्मकथामा वास्तविक उमेरको खुलासा गरेका छन् । यसको अर्थ हुन्छ, सन् १९९६ मा नैरोबीमा उनले श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाउँदा उनी १६ वर्षका थिएनन् ।
अफ्रिदीले आफ्नो आत्मकथा गेम चेन्जरमा लेखे, ‘त्यतिखेर म १९ वर्षको थिएँ, जबकि म १६ वर्षको भएको बताइयो । म सन् १९७५ मा जन्मिएको थिएँ । अधिकारीहरूले मेरो उमेर गलत लेखिदिए ।’
तर अफ्रिदी सन् १९७५ मा जन्मेको भए कीर्तिमान शतक बनाउँदा उनको उमेर २१ वर्ष हुन आउँछ, १९ हैन ।
अफ्रिदी आफ्नो उमेरका विषयमा करीयरभरि किन मौन रहे ? उनले आफ्नो सही उमेरको खुलासा गरेपछि आईसीसीले यस विषयमा कुनै फैसला गर्ला त ?
अफ्रिदीले २७ टेस्ट म्याच, ३९८ एकदिवसीय र ९९ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
एजेन्सी