
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड बीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक कम्पनी संचालन गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा एक समारोहबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर भुक्तानी सेवा सञ्चालनमा ल्याउने छ । सञ्चालनमा आएपछि उपभोक्ताले कुनै वस्तु तथा सेवा खरिदको रकम आफ्नो नेपाल टेलिकमको सिमबार्डबाटै भुक्तानी गर्न सक्ने छन् ।