३१ जेठ २०८३, आइतबार

चीनमा आयोजित म्याराथनमा व्यापक ठगी (भिडियो)

बैशाख २०, २०७६
चीनमा आयोजित म्याराथनमा व्यापक ठगी (भिडियो)

काठमाडौं – चीन सरकारले विगत केही समयदेखि मानिसलाई सक्रिय जीवनशैलीका लागि प्रेरित गर्ने उद्देश्यले म्याराथनमा भाग लिन भनेको छ ।

सन् २०११ मा आधिकारिक रूपमा म्याराथन, हाफ म्याराथन र दौडसम्बन्धी २२ वटा प्रतियोगिताहरू राखिएको थियो । अघिल्लो वर्ष देशभरि १५ सयवटा कार्यक्रम राखिएका थिए । 

अधिकारीहरूका अनुसार, सरकारी आयोजना भएकाले यी कार्यक्रम मानिसको स्वास्थ्यसँग जोडिएको विषय नभई देखावटीमा सीमित भएको छ । 

केही मानिस सामाजिक सञ्जालमा राम्रो देखाउन म्याराथनमा भाग लिइरहेका भेटिन्छन् भने केही अन्य चाहिँ आफ्नो सीभीमा आफूलाई फिट देखाउन तयारी विना नै म्याराथनमा भाग लिन्छन् । 

शेनजेनमा भएको हाफ म्याराथन त देशकै लागि लाजमर्दो रह्यो । त्यसमा भाग लिने २५८ जना धावकलाई गलत तरिकाले दौडिएको अवस्थामा देखियो । अठारजना धावकहरू दौडमा नक्कली नम्बर राखेको जर्सी लगाएर दौडिए भने तीनजना अर्कैको ठाउँमा हाफ म्याराथनमा भाग लिन पुगे । 

यस्तो गर्ने सबैमाथि म्याराथनमा भाग लिन आजीवन प्रतिबन्ध लगाइएको छ । अन्य २३७ मानिसलाई शर्टकट लिएर दौडेको अवस्थामा भेटियो । उनीहरूमाथि पनि दुई वर्षसम्मको प्रतिबन्ध लगाइन सक्छ । 

अधिकारीहरूका अनुसार, दालियान म्याराथनमा बेइमानी रोक्नका लागि भिडियो रेकर्डिङ प्रविधिको सहारा लिन सकिन्छ । व्यापक स्तरमा अनुहार पहिचान प्रविधि उपयोग गरिनेछ र ठगठाग गर्नेहरूलाई पहिचान गरेर सजाय दिइनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्