२३ असार २०८३, मंगलबार

‘सम्माननीय’ सभामुख र राष्ट्रियसभा अध्यक्षलाई राष्ट्रपतिबाट ‘माननीय’ सम्बोधन !

बैशाख २०, २०७६
‘सम्माननीय’ सभामुख र राष्ट्रियसभा अध्यक्षलाई राष्ट्रपतिबाट ‘माननीय’ सम्बोधन !

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ शब्दले सम्बोधन गरेकी छिन् ।

शुक्रवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ भनेर सम्बोधन शुरू गरेकी थिइन् ।

उनले संसद सदस्यलाई पनि ‘माननीय’ सम्बोधन गरिन् । संविधानमा राष्ट्रपति, उपराष्ट्रति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘सम्माननीय’ सम्बोधन गरिन्छ । वरियतामा आफूभन्दा तल रहेका सभामुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्माननीय’ सम्बोधन गर्ने गरेका छन् ।

गतवर्ष सरकारका नीति कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्टिय सभाका अध्यक्ष भनेर मात्र सम्बोधन गरेकी थिइन् । सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्