
काठमाडौं – ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिने भएको छ ।
सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोबारे जानकारी दिएकी हुन् ।
उनले निर्माणाधीन सडकमा सुरुङ प्रविधि अपनाइने भएको छ भने आगामी आर्थिक वर्षभित्र हुम्ला र डोल्पामा सडक पुर्याइ सबै जिल्ला सडक पहुँच पुर्याइने भएको छ ।
अब बन्ने सडक २ लेनको पनि बन्ने भएको छ ।