
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा ‘मेरो सरकार’ भनेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् ।
उनले शुक्रवार साँझ ट्विट गर्दै देशमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार भनेर प्रश्न गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ! आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’
हेर्नुहोस्, ट्वीट :
सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?