![इतिहासकै तीव्र विकासको वर्ष बनाउने घोषणासहित नीति तथा कार्यक्रम [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Bidhya_Bhandari_G5LsWCSd2J.jpg)
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
सरकारका नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा इतिहासकै तीव्र आर्थिक विकास, बारीका पाटा र खेतका गह्रा सबै हराभरा बनाउने घोषणा, ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक र आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
राजधानी काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता बढाउने, श्रमिकको पारिश्रमिक बैंकबाटै भुक्तानी दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप देशसँग श्रम सम्झौता गरिने, समुन्द्रमा नेपालको झण्डासहितको पानीजहाज सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।
नीति तथा कार्यक्रममा ‘नेपालमा कोही भोको नपर्ने, भोकले कोही नमर्ने’ कार्यक्रम समावेश भएको छ । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।
हेर्नुहोस्, पूर्णपाठ :