
आजकल सबैको व्यस्त जीवनशैलीका कारण खानपिनमा ध्यान पुग्दैन । यसले गर्दा शरीरले अनेकौं किसिमका समस्या भोग्नुपर्छ । राम्ररी खानपिन नगर्दा मानसिक तनाव, अनिद्रा र कमजोरी जस्ता समस्या पनि आइलाग्छन् । यस्तोमा तपाईंले यिनबाट छुटकारा पाउनका लागि विशेषज्ञहरूद्वारा अपनाइएको क्रिस्टल थेरापी प्रयोग गर्न सक्नुहुन्छ ।
क्रिस्टलले हीट कन्डक्ट गरेर शरीरमा ऊर्जा उत्पन्न गर्छ । थेरापीका लागि तपाईंले पारदर्शी क्रिस्टलहरूको प्रयोग गर्नुपर्छ । यी पत्थरहरूलाई पीडा भएको भागमा घुमाउँदा छिट्टै पीडा हराउँछ । यसले मानसिक तनाव पनि हटाइदिन्छ ।
टाउको दुख्ने र तनाव महसूस हुने समस्या प्रायः मन र शरीरको थकान, अपर्याप्त निद्रा, अत्यधिक हल्लाखल्ला र आवश्यकताभन्दा बढी सोच्ने कारणले हुन्छ । यसलाई हटाउन तपाईं नीलम, एम्बर वा फिरोजाको क्रिस्टल टाउकोमा राख्नुस् । टाउको दुखेको केही मिनेटमै भाग्छ ।
राम्ररी सुत्दा दिमाग ताजा रहन्छ र शरीरका अंगहरूले पनि आराम पाउँछन् । क्रिस पेरेज रोज क्वार्ज, सिट्रन वा नीलम जस्ता क्रिस्टलहरू सिरानीमुनि राख्दा तपाईंको मन शान्त हुन्छ र तपाईं आरामले आफ्नो निद्रा पूरा गर्न सक्नुहुन्छ ।
क्रिस्टलहरूभित्र रसायन र खनिज नहुने भएकाले शरीरले ऊर्जा प्राप्त गर्छ । दिनदिनै १५ देखि २० मिनेट अनुहार मास्तिर फर्काएर क्रिस्टल समात्दा शरीरमा तत्काल ऊर्जा सञ्चार हुन्छ । यसबाट कमजोरी जस्ता समस्याहरू पनि भाग्छन् । यसका लागि डीप रेड गार्नेट, गोल्डन एम्बर वा गोल्डन पुखराज क्रिस्टल प्रयोग गर्नुपर्छ ।
क्रिस्टल हीलिङ गर्दा तपाईं क्रिस्टललाई शरीरमा राख्नुहुन्छ । त्यतिखेर शरीरमा केही क्रिस्टल एकदमै भारी वा हलुका, वा तातो वा चिसो महसूस हुन्छ । यसबाट थाहा हुन्छ, शरीरको कुन भागमा कति असन्तुलन छ र त्यसलाई कसरी सन्तुलन गराउनुपर्छ ।
एजेन्सी